तराई क्षेत्रमा हत्याका घटनाहरु दिनहुँ बढ्दै गएका छन् । त्यसमा पनि सबैभन्दा तराईको सप्तरी जिल्लामा यस्ता घटनाहरु घटेका हुन् । विगत ११ महिनामा मात्रै सप्तरी २० जनाको ह.त्या भएको छ ।
नजिकै भारतीय सीमाना जोडिएकाले ह.त्या घटनाका अधिकांस अभियुक्तहरु पक्राउ पर्न सकेका छैनन् । हाल सम्म प्रहरीले करिब घटनामा संलग्न नौ जना अभियुक्तलाई मात्र पक्राउ गरेको छ । बाँकी घटनाका अधिकांश अभियुक्तहरु फरार छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मंगलबार राजविराजमा भएको अन्तक्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ । आधारपत्र प्रस्तुत गर्नुहुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा ११ महिनाको अवधिमा भएका २० ह.त्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताए ।
राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको ह.त्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताए ।
महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरीबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएका बताए ।
कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
घरेलु हिंसा र अप.राधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै प्रहरी उपरीक्षक प्रसाईँले फौजदारी अपराधका ८३६ सहित साढे तीन हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।


















प्रतिक्रिया