Logo

राजनीति

भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता पुनस् दोहर्याएका छन्। संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता जनाएका हुन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीले दावी गरे । ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने समेत बताए ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

२०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटौं वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना गरिएको हो ।

यस विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी थिए ।सोअवसरमा नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गरेको थियो।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार ०९:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।