Logo

राजनीति

झलनाथ खनालले भने- ओलीको दिनगन्ती सुरु भइसकेको छ



काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल पचण्ड–माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष पाेखेका छन्।

आइतबार प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताए ।

नेता खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : माघ १८, २०७७ आईतबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।