काठमाडाैँ । नेताहरुको शक्ति संघर्षको छाया संसदको नेतृत्व गरिरहेका प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षमा देखिएको छ। सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक निकायको नियुक्ती सिफारिस संसदबाट जस्ताको त्यस्तै तत्काल फिर्ता पठाएको २४ घण्टा नबित्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आपत्ति जनाएका हुन्।
सोमबार संसद सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको बताएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाइदिएका थिए । उनले भने,’प्रतिनिधिसभा विघटन पूर्व संघीय संसदका मासचिव एवं सुनवाई समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको प्रक्रियामा रहेको अवस्थामा सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गर्दछु ।’
पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने बताए ।
प्रतिक्रिया