सत्ता गठबन्धनमा सहभागी समाजवादी पार्टी सरकारबाट बाहिरीए लगत्तै मधेश केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भन्ने चर्चाकाबीच राजपाका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले राजपा सरकारमा सामेल हुने कुरा वा नहुने भन्ने बहस नै सुरुवात नभएको दावी गरेका छन् ।
आबश्यकताको आधारमा मात्रै सत्तारूढ नेकपासँग राष्ट्रियसभा निर्वाचनको लागि मात्रै तालमेल भएको बताउँदै नेता भण्डारीले ‘नेकपासँग सत्ता साझेदारीको लागि सम्झौता नभएर राष्ट्रियसभा निर्वाचनको लागि मात्रै सहमति भएको’ उल्लेख गर्दै राजपा र सत्तारूढ नेकपाबीचको सहकार्य राष्ट्रियसभा निर्वाचन सम्मको लागी भएको र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै अहिलेको सहकार्य समाप्त हुने ठोकुवा समेत गरे ।
अनलाईनपानासँग कुराकानीको क्रममा नेता भण्डारीले राजपा सरकारमा सहभागी भै सकेको वा हुनै लागेको भन्ने खालका समाचारहरु सार्वजनिक भै रहेको प्रती संकेत गर्दै त्यस्ता खाले समाचार मनोगत तरिकाले बनेको जिकिर समेत गर्न भ्याए । समाजवादी सरकारबाट बाहिरिएसँगै राजपा र समाजवादीको एकता गर्ने हल्ला यसअघि हुने गरेको थियो तर समाजवादीले सरकार छाडेपछि त यससम्बन्धी कुनै कुरा भएको सुनिदैंन नि भन्ने जिज्ञासा राख्दा समाजवादीले हाम्रै आग्रहमा सरकार छाडेको नदेखिएकोले पनि एकताको कुरा अगाडि बढ्न नसकेको उनको दावी थियो ।
‘समाजवादी के आधारमा सरकारमा सहभागी भएको थियो ? के आधारमा अहिले छाडेको हो, त्यो हामिलाई थाहा हुने बिषयको कुरा होइन । हाम्रो आग्रहमा सरकार छाडेको नभएपनी एकता सम्भावना सकिएको भने होइन ।’ उनको भनाई थियो । राजपा र समाजवादीको एकता गर्ने घोषित नीतिअनुसार नै राजपा अगाडि बढिरहेको उनको दावी छ ।
अनुमान र बजारिया हल्लाकोपछि लागेर बनेका समाचारहरु प्रती आफूले कुनै टिप्पणी नगर्ने उनको कथन छ । बाहिर जे जस्तो दावी गरिरहे पनि सत्तारूढ नेकपा र राजपाकोबीच सरकारमा सहभागी हुने सम्बन्धमा कयौं चरणका छलफलहरु चलिरहेको खबरहरु भने बाहिरी रहेका छन् ।
राजपाको सरकारमा सहभागी हुनको लागि मुख्यत: संविधान संशोधन सहित लाल आयोगको प्रतिवेदन सार्वजनिकका साथै थुनामा नै रहेका आफ्ना जननिर्वाचित सांसद रेशम चौधरीको रिहाइ लगयतका माग राखेको कुरा सार्वजनिक भै रहेका छन् । त्यो सँगै उसले सरकारमा सहभागी हुन ४ जना मन्त्री सहित तीन ओटा संवैधानिक आयोगका प्रमुखमा आफ्नो दावी गरिरहेको नेकपा निकट स्रोतले जानकारी दिएको छ ।
उता समाजवादीसँग एकताको जतिसुकै रटान लगाईरहेको भएपनी आफू सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति निर्माण गर्न राजपा सक्रिय रहेको बुझाईमा रहेको समाजवादी र राजपाबीच समाजवादी सरकारबाट बाहिरीएपछि औपचारिक वा अनौपचारिक कुनै किसिमको संवाद नहुनुले पनि राजपा समाजवादीसँगको एकता भन्दा पनि नेकपा सँगको सहकार्यमा सरकारमा सहभागी हुन खुट्टा उचालिरहेको सहज अनुमान लगाउन सकिन्छ ।




















प्रतिक्रिया