Logo

प्रमुख समाचार

सभामुखमा अग्नि सापकोटाको नाममा सहमति !



संघीय संसदको प्रतिनिधिसभाको सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाको नाममा सहमति जुटेको नेकपा उच्च स्रोतले दावी गरेको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच रिक्त रहेको सभामुख पदमा प्रचण्डका विश्वासप्राप्त समेत रहेका नेता सापकोटाका नाममा प्रधानमन्त्री समेत सहमत भएको स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार आज अपरान्ह चार बजे बस्ने पार्टीको सचिवालय बैठकबाट सापकोटाको नाम अनुमोदन गर्ने तयारी दुबै अध्यक्षले गरेका छन् । सभामुख पूर्व एमाले समूहबाट कि पूर्व माओवादी समूहबाट भन्नेमा सत्तारूढ नेकपामा निकै ठूलो विवाद थियो ।

प्रधानमन्त्री ओली आफ्नो अडानबाटपछि हटेसँगै सभामुख चयनमा ब्रेक थ्रु मिलेको समेत स्रोतको दावी छ । सभामुखमा सापकोटाको नाममा सहमति बनेको हो वा हैन भन्ने आधिकारिक निर्णय थाहा पाउनको लागि भने अपरान्ह चार बजे बस्ने तयारी भएको सत्तारूढ नेकपाको सचिवालय बैठकसम्म कुर्नुको अन्य विकल्प भने देखिंदैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १३:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।