Logo

प्रमुख समाचार

सापकोटा विरुद्धमा सर्वोच्चमा अर्को रिट दर्ता



संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको सभामुख पदका एक्ला उम्मेदवार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ ।

काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका हुन ।

सापकोटालाई सभामुख बनाउन नहुने भन्दै अधिकारकर्मीहरुले माइतीघरमा पनि प्रदर्शन गर्दै आएका छन । उनी विरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक अदालतमा विचाराधीन अवस्थामा छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १२:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।