Logo

राजनीति

 मन्त्रीपरिषद् पूर्नगठन लगायतका चारवटा एजेन्डामाथि छलफल गर्दै नेकपा सचिवालय बैठक सम्पन्न



सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकले मुख्य गरि चारवटा एजेन्डा माथि छलफल गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

आजको बैठक खासगरि स्थायी कमिटीको निश्कर्ष र निर्णय कार्यान्वय प्रक्रियामा लैजाने शिलसिलामा  बसेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले मन्त्रीपरिषद् पूर्नगठन स्थायी कमिटी बैठक अनुसार गर्ने, तय गरिएको छ । त्यस्तै पूनर्गठनका समबन्धमा नीतिगत रुपमा सुझाव लिएको जनाएको छ ।

संवैधानिक राजनीतिक नियुक्तका सन्दर्भमा सरकारलाई निर्णय गर्नका लागि आधार तय गरिएको सचिवालयले त्यसबारे छलफल गर्ने कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले जनाएका छन् । 

त्यस्तै सांगठानिक एकिरणका काहरु कार्य पूरा गर्ने र विधिध अन्तगर्न संगठन, विभागका सन्दर्भमा प्रस्ताव विषयमा स्थायी कमिटी र केन्द्रीय कमिटीका पदपूर्ती साथै केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएका छन् । अर्काे बैठक भाेली एक बजे पून: बस्ने गरि सम्पन्न भएकाे प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ३ : ३१ बजे