Logo

राजनीति

कांग्रेसले फागुन ३ गते व्यापक प्रदर्शन गर्ने, प्रदर्शन व्यापक बनाउन सभापति देउवाको आग्रह



संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आइरहेको नेपाली कांग्रेसले आगामी फाल्गुन ३ गते फेरी अर्को कार्यक्रम गर्ने भएको छ । 

शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले फागुन ३ को प्रदर्शन व्यापक बनाउन आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आइरहेको छ । पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा आज आयोजना गरेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको छ । प्रदर्शनले के।पी। शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।

प्रदर्शनमा सहभागी सबै दिदीबहिनी—दाजुभाइमा नेपाली कांग्रेस पार्टीका तर्फबाट आभार प्रकट गर्दछु । प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने शुभेच्छुक संस्थाका साथीहरूसंगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भ्रातृ संघका साथीहरु, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु ।

त्यस्तै, निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु¥याउनु हुने आदरणीय पत्रकार मित्रहरूमा नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्दै पूर्व घोषणा अनुरुप फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु । विज्ञप्तिमा उल्लेख छ ।”

Magh 24, SBD Statement - Thanks (1).jpg

 

 

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  ७ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।