वर्तमान सरकारका ‘कम बोल्ने र बढी विवादित’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्तरमुखी र पारदर्शी स्वभावका मन्त्री मानिन्छन । गृहमन्त्रालयले चुस्त दुरुस्त काम गर्न नसकेपनी व्यक्तिगत रुपमा गृहमन्त्री थापाको आर्थिक अपारदर्शीता अहिलेसम्म सुनिएको छैन ।
तर उनै शालीन मन्त्रीको सचिवालय भने गोप्य रूपमा अबैध धन्धामा लागेको कुरा सार्वजनिक भएको छ । गृहमन्त्रीको सचिवालय नै माफियाको कब्जामा पुगेको बताइन्छ । प्रहरीको सरुवा र बढुवामा मात्रै हैन ठेक्कापट्टामा समेत यहि समुहको हालिमुहाली रहेको बताइन्छ ।
नयाँ आइजिपी नियुक्तिका लागि समेत ‘गोप्य डिल’ गर्न चाहेपनी नयाँ आइजिपीका दाबेदारहरुले सचिवालयका व्यक्तिहरुसँग डिल नगरेपछि रुष्ट बनेको सचिवालयले नै वर्तमान आइजिपी सर्वेन्द्र खनाललाई नै म्याद थप गर्न लबिङ गरिरहेको समेत बताइन्छ । गत सोमबार मात्रै पनि सचिवालयका व्यक्तिहरुले गृहसचीव प्रेमकुमार राईसँग छलफल गरेपनि त्यो काम गलत भएको भन्दै उनी पन्छिएको समेत बुझिएको छ ।
पछिल्लो समय प्रहरी बढुवामा पनि सोही समुहको चलखेल रहेको बताइन्छ । प्रहरीमा हाल डिआइजीसहित एक सय भन्दा धेरै सिनियर तहका पदहरु रिक्त रहेका छन । यहि मौकाको फाइदा उठाउँदै उनीहरुको बढुवाका आकांक्षीहरु सँग गोप्य डिल गरिरहेको स्रोतले दाबी गरेको छ ।
गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखी पिएसओसम्म यस्तो धन्धामा रहेको स्रोतको हवाला दिदैं दृष्टि डटकमले समाचार लेखेको छ ।
















प्रतिक्रिया