प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज विरगंजमा प्रदर्शन गर्ने भएको छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध हुने भनिएको आमसभामा सहभागी हुन आग्रह गर्दै सामाजिक सञ्जाल ट्विटरमा ट्विट समेत गरेका छन् । उनले भनेका छन्, “आमसभा ११ बजे बाट सुरु हुन्छ, वरिपरी हुनुहुने सबैलाई उपस्थितिको लागि आग्रह गर्दछु ।”
सभालाई पार्टी उपसभापति बिमलेन्द्र निधि, नेता गगन थापा, अजय चौरासिया, चित्रलेखा यादब, अजय सुबेदी, राजेश्वर प्र शाह, सरजुग महतो लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया