Logo

प्रमुख समाचार

प्रचण्ड र बेलायती राजदूतको बिच भेट, नेपालको विकास लागि सहयोग जारी रहने



सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग नेपालका लागि बेलायतकि नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका बिषयमा कुरा भएको बताइएको छ । सो अवसरमा कार्यकारी अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायतले पुर्‍याएको सहयोग प्रती धन्यवाद दिएको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।

भेटमा राजदूत पोलिटले नेपालको विकासको लागि आगामी दिनमा समेत बेलायत सरकारको सहयोग निरन्तर रहने पनि जानकारी दिएकी थिइन ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १२:३३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।