Logo

प्रमुख समाचार

राष्ट्रियसभाका अध्यक्ष क्यानडाका सभामुखबीच भेट, सभामुख सापकोटालाई भने भेट्न अस्वीकार



राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।

नेपालको दुई दिने भ्रमणमा रहेको फ्युरी नेतृत्वको प्रतिनिधिमण्डलले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न भने अस्वीकार गरेको कुरा सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको भेटघाटको विवरणमा समेत फ्युरी र सापकोटाको भेटघाटको कुनै कार्यक्रम छैन । तर उनै फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाको सचिवालयमै पुगेर भेटघाट गरेका हुन् ।

सभामुख फ्युरी नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोख्रेल सँग पनि भेटवार्ता गर्ने कार्यसुची छ ।

सभामुख सापकोटामाथि २०६२ बैशाखमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गर्न निर्देशन दिएको आरोपमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।