Logo

प्रमुख समाचार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट



ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधामन्त्री एंब कांग्रेस उपसभापति विजयकुमार गच्छदार सहित एक सय पचहत्तर जना दोषी देखिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपनि नितिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपाल र भट्टराईलाई विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

उक्त निर्णयलाई चुनौती दिंदै अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । सरकारी जग्गा हिनामिना गर्न तीन पुर्वमन्त्री र तिन पूर्व सचीवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरेपनि त्यही मन्त्रीपरिषदका प्रधानमन्त्रीहरूलाई भने छुट दिएको भन्दै अख्तियारको आलोचना भै रहेको छ ।

पेशिको मिति तय हुन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १५:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।