सधैं झै यसपटक पनि तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिनको सम्झनामा आयोजित जनयुद्ध दिवसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन ।
जनयुद्धको कट्टर विरोधी रहेका प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै पनि जनयुद्ध दिवसमा सहभागी भएका छैनन । पार्टी एकता पछि पनि उनको त्यो शैलीले निरन्तरता पाइरहेको छ ।
यसअघि भने प्रधानमन्त्रीको सचिवालयले समेत प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी हुने जनाएको थियो । अहिले पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रम सुरु भएको छ ।
















प्रतिक्रिया