Logo

प्रमुख समाचार

बाँस्कोटालाई तत्काल बर्खास्त गरी सत्य तथ्य सार्वजनिक गर्न सांसद संग्रौलाको माग



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेकि छिन ।

अनलाइनपाना सँग संक्षिप्त कुरा गर्दै सांसद संग्रौलाले भ्रष्टाचारीको मुख पनि नहेर्ने प्रधानमन्त्रीले बाँस्कोटा जस्ता आचरणका व्यक्तिलाई संरक्षण गरेको देख्दा सरकार भ्रष्टाचार लिप्त भएको प्रमाणीत हुने उनको भनाइ छ ।

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रीन्टिङ्ग प्रेस खरिद गर्दा कमिसनका लागि बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको थियो ।

मन्त्री बाँस्कोटाले भने आफूमाथि लगाइएको आरोप निराधार र झूटो रहेको बताएका छन । यसै बिषयमा आफ्नो धारणा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने उनको तयारी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १२:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।