Logo

प्रमुख समाचार

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने जानकारी दिएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार प्रतिवेदन पेस गरेको जानकारी दिँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास प्रकट गरे । एमसिसी कुनै बाइवल होइन भन्दै यसलाई परिमार्जन गरेर अघि बढाइने उनको जिकिर थियो । प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको खुलासाा समेत दाहालले गरे ।

दाहालले सरकारको कामका विषयमा आजैदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने उल्लेख गर्दै वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको दुःखेसो सुनाए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १३:००   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।