सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । गौतम अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि २० फागुनमा राष्ट्रियसभा सदस्य मनोनित हुने भएका हुन् ।
यसअघि पनि उनलाई राष्ट्रियसभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्नेगरि संविधान संशोधन गर्ने हल्ला चलेको थियो । यसको लागि नेकपाले कार्यदल नै बनाएको छ ।
माघ ९ मा सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट १९ मध्ये १८ जना निर्वाचित भइसकेका छन्। बाँकी एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। त्यही ठाउँमा गौतमलाई सदस्य बनाउन लागिएको हो ।
















प्रतिक्रिया