Logo

प्रमुख समाचार

सरकारमा सहभागी हुनेबारे राजपामा पुनः छलफल



मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेकपा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुनेबारे छलफलमा जुटेका छन् । केहि समयअघि मात्रै सरकारमा जाने च्याप्टर क्लोज भएको सार्वजनिक अभिव्यक्ति दिएको राजपामा अहिले भने सरकारमा सहभागी हुनेबारेमा पुनः छलफलमा जुटेको छ ।

सरकारमा सहभागी हुने बारेमा सबैभन्दा बढि दौडधुप राजेन्द्र महतोको रहेको स्रोतले दावी गर्‍यो । यसका लागि सत्तारूढ नेकपाका शिर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । राजपाले सरकारमा सहभागी हुन चार मन्त्रालयको दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसअघि नै दुई भन्दा बढि मन्त्रालय दिन नसक्ने बताउँदै आएका छन् ।

चार मन्त्रालय नपाउने भएपछि मन्त्रीको रेशबाट बाहिरिएका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव सरकारमा सहभागी हुन नहुने पक्षमा छन् ।

राजपाभित्रै कतिपय नेताहरू भने महन्थ ठाकुरको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ । त्यस्तै महतो सहित अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा, राजकिशोर यादव र शरदसिंह भण्डारी पनि मन्त्री बन्ने लाइनमा छन् ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि सरकारमा सहभागी हुनेबारे निर्णायक छलफल गर्ने राजपा नेताहरूको तयारी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार १६:४०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।