दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गराएर स्वास्थ लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थस्थिति बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सत्तारूढ दल नेपालष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिच प्रदेश ५ को स्थायी राजधानीलाई लिएर बहस (लफडा) नै भएको सार्वजनिक भएको छ ।
प्रदेश ५ को राजधानीको बिषयलाई लिएर सत्तारूढ नेकपामा ठूलो विवाद छ । मुख्यमन्त्री पोखरेल प्रदेशको स्थायी राजधानी दाङ हुनुपर्ने पक्षमा छन् भने पार्टी महासचिव पौडेल बुटवलको पक्षमा दृढता पुर्वक लागेका छन् ।
प्रधानमन्त्री ओलीको समर्थन महासचिव पौडेललाई रहेको विश्वास गरिन्छ । नेकपा भित्रको आन्तरिक विवादकै कारण प्रदेश ५ ले नाम र स्थायी राजधानीको टुंगो लगाउन सकेको छैन् ।


















प्रतिक्रिया