सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगरले २५ करोड बार्गेनिङ गरेको गरेको भन्दै बजार गर्माएको छ ।
खानेपानी मन्त्रालयका तत्कालीन सचीव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत नै २५ करोड अनियमितताको प्रकरण सार्वजनिक गरेका थिए । लगत्तै उनलाई अर्को मन्त्रालयमा सरुवा गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालियन ठेगेदार कम्पनी सीएमसीसँग मन्त्री मगरले २५ करोड रुपैयाँ माग गरेको र सो नदिएपछि सीएमसी नेपालबाट लखेटिएको आशयका समाचार सार्वजनिक भएको थियो ।
खानेपानी मन्त्रालयका सचीव ठाकुरले मन्त्रीले घुस रकम माग गरेको अडियो टेप सार्वजनिक गर्ने धम्कि दिएपछि यो प्रकरण अहिले चर्चामा छ । मन्त्रालयमा सचीव रहँदा नै मन्त्रीसँग विवाद भएपछि ठाकुरले २५ करोड रुपैयाँ घुस मागेको अडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्कि दिएका थिए ।
स्रोतको हवाला दिंदै मन्त्री मगरको अडियो प्रकरणमा प्रधानमन्त्री निवास बालुवाटारले नै अनुसन्धान थालेको आशयका समाचार पनि सार्वजनिक भएका छन् ।
खानेपानी मन्त्रालयका तत्कालीन सचीव ठाकुरले आफूलाई मन्त्रालयबाट सरुवा गरेको झोंकमा मात्रै उक्त प्रकरणको काल्पनिक कहानी तयार गरेको आशंका गरिएको छ । अन्यथा ठाकुरले सार्वजनिक गर्ने भनिएको अडियो सार्वजनिक नहुनुलाई केवल बार्गेनिङको मेलो मानिएको छ ।
















प्रतिक्रिया