Logo

प्रमुख समाचार

कोरोना भाइरस विरुद्धको तयारीलाई लिएर पर्यटन मन्त्री भट्टराई र रावलको चर्काचर्की



विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा नेपालमा अहिलेसम्म एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । तर पनि कोरोना संक्रमणलाई लिएर नेपालीहरूमा अझै त्रास बढ्दो देखिएको छ ।

कोरोना भाइरस संक्रमण बारे छलफल गर्न सिंहदरबारमा आज बसेको बैठकमा नेकपा नेता भिम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बीच चर्काचर्की भएको भएको छ ।

नेकपा नेता रावलले कोरोना भाइरस विरुद्धमा सरकारले गरेको तयारी प्रयाप्त नभएको भन्दै आलोचना गरेपछि चर्काचर्की परेको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमण नदेखिएको भन्दै मन्त्री भट्टराईले सतर्कताको लागि अझै कडा कदम चालिने बताएका थिए ।

मन्त्री भट्टराईले सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राखेको भन्दै नाकादेखि एयरपोर्टमा समेत उक्च सतर्कता अपनाइएको र चेकजाँच गरेर मात्रै छाडेको समेत उल्लेख गरे ।

सरकारले जाँच नगरेको भए कसरी अस्पतालमा शंका लागेकालाई राखेको कुरा बुझ्नुपर्ने भन्दै नेता रावललाई जवाफ दिएका थिए । नेता रावल कोरोना भाइरस विरुद्ध सरकारको तयारीलाई लिएर असन्तुष्ट रहेको बताइन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १५:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।