Logo

प्रमुख समाचार

कोरोना प्रभाव: अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारको अपिल



सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न भिडभाड नियन्त्रण गर्न कडा कदम चालेको छ । २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाउने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले अपिल गरेको छ ।

भिडभाड नियन्त्रणको अनुगमन गर्न राज्यका विभिन्न संयन्त्रहरु परिचालन हुने छन्। प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न संयन्त्र परिचालन हुने सरकारले जनाएको छ । सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरन्जन स्थल, क्लब आदिलाई अप्रिल ३० सम्म बन्द गरिएको छ । यसको अनुगमन गृह मन्त्रालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार मन्त्रालयले गर्नेछन् ।

अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न र सांस्कृतिक, सामाजिक एवं त्यस्तै कार्यक्रमहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा २५ जना भन्दा बढीको भिड नबनाउन अपिल गरेको छ । यसको अनुगमन गृह मन्त्रालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछन् ।

सार्वजनिक सवारी साधनमा हुने सम्भावित भिडभाडको अनुगमन नेपाल प्रहरीले गर्ने छ । सार्वजनिक सवारी साधनमा कोरोना निर्मुल बनाउने कामको अनुगमन नेपाल प्रहरी र यातायात व्यवस्था विभागले गर्ने छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।