पूर्वराजा ज्ञानेन्द्र शाहले राजनैतिक दलका नेताहरुले आम नागरिकलाई बलीको बोका बनाएको बताएका छन् ।
मंगलबार सामजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, “राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन भ्रम मात्र हुन् । उनले दल र नेताहरुले गरेको शक्ति प्रदर्शन जन हीतमा नभएको समेत स्पष्ट पारेका छन् ।
“अहंकार र दम्भले कसैको पनि भलो गर्दैन”, भन्दै उनले अहिले भइरहेको राजनीतिक गतिविधी अहंकार र दम्भले भरिएको बताएका छन् ।
प्रतिक्रिया