प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् । ‘नेकपा’को आफुहरु (आफ्नो समुह) नै आधिकारिकता भएको दाबी गर्न र आगामी चुनावको तयारीबारे जानकारी लिन उनी निर्वान आयोग पुगेका हुन् ।
निर्वाचन आयोगले गत माघ १६ गत्र नेकपा भित्रको विवाद र निर्वाचनको बिषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो ।आधिकारिताको दाबी गर्ने क्रममा यसअघि नै दाहाल-नेपाल समुह आयोगको कार्यालय पुगिसकेको थियो ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मुख्य पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै समुहको दाबी नपुगेको जनाउँदै आएको छ ।
प्रतिक्रिया