नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौँमा बिरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक र प्रतिगमन कदमविरुद्ध संघर्षरत दाहाल-नेपाल समूहले आज काठमाडौँमा बिरोध प्रदर्शन गर्न लागेको बताएको छ ।
प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट प्रमुख शीर्ष नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।
प्रतिक्रिया