Logo

राजनीति

प्रचण्ड-माधव समूहले आज बृहत जनसभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने



नेकपाको प्रचण्ड–माधव समूहले आज (बुधबार) काठमाडौँमा बृहत जनसभा गर्न लागेको छ। बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड(नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्। आजको प्रदर्शनमा सहभागी हुन पुष्पकमल दाहाल प्रचण्ड– र माधव नेपालले मंगलबार संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै अपिल गरेका थिए।

आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने दाबी नेताहरुको छ । राजधानी काठमाडौं भित्रका प्रचण्ड–माधव समूहका युवा नेताहरुकेहि दिनदेखि कार्यकर्ता उतार्ने अभियानमा भित्रभित्रै लागि परिरहेको छन् ।

ती युवा नेताहरुलाई अग्रपंतीमा रहेका नेताहरुले २०० लेखि ५०० सम्म कार्यकर्ता उतार्न निर्देशन दिएपछि कार्यकर्ता जोहोमा खटिइरहेका छौं,कलंकी,नैकाप क्षेत्रका युवा कार्यकर्ताहरु समेट्ने जिम्मेवारी लिएका युवा नेता विनोद भट्टले न्यूज अभियानकर्मीसँगको कुराकानीका क्रममा भने ।

 हामी आज कलंकी मन्दिरमा १० बजे जम्मा हुने कार्यक्रम रहेको छ,त्यसकै तयारीमा बिहानै देखि जुटिरहेकाछौं उनले थपे । त्यसैगरि आजै मोटर साईकल र्यालीको समेत तयारी भइरहेको उनले बताए । 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।