सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति सँग पछिल्लो राजनैतिक अवस्था बारे परामर्श गर्न शितलनिवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली शितलनिवास पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीपरिषदको बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरेको थियो ।
सरकारको उक्त निर्णयपछि सत्तारूढ दल नयाँ विवादको भूमरीमा फसेको छ ।
















प्रतिक्रिया