सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शनिबार) बस्दैछ । विवाद समाधानको लागि शिर्ष नेताहरू आ-आफ्नै रणनीति बनाउन व्यस्त छन् । तर, बैठक बस्नु अगाडि प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल भने सचिवालय बैठकको लागि छुट्टाछुट्टै रणनीति बनाउन व्यस्त छन् ।
असोज १७ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल सहित वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनेमात्रै नभएर अर्का नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउन समेत प्रधानमन्त्री ओलीले आफू तयार रहेको प्रस्ताव गरेका थिए । ओलीको यस्तो प्रस्तावले नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ ।
ओली पक्षधर नेताहरूले नै उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउनेगरि ल्याइएको प्रस्ताव ओलीको रणनीतिक कदम भएको सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । गौतम पदलोलुप नेता भएको भन्दै उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीको अफर केवल ओलीको रणनीतिक कदम मात्रै भएको विश्लेषण गरिएको छ ।
तर, ओली पक्षले यो बीचमा नेता नेपाललाई फकाउन निकै दौडधुप गरेको स्रोतको दाबी छ । ओलीले आफ्नो विश्वासपात्रहरुमार्फत नेता नेपाललाई पार्टीलाई एक व्यक्ति, एक पदअनुसार लैजान आफू तयार भएको र असोजपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाललाई नै प्रधानमन्त्री बनाउन आफू राजी भएको सन्देश पठाएको स्रोतको दाबी छ ।
















प्रतिक्रिया