Logo

प्रमुख समाचार

वामदेवलाई पाल्पा एक बाट चुनाव लडाउने भन्ने कुरा भ्रामक: सांसद राना



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजानका लागि उम्मेदवार बनाउने भनी चर्चामा आएको पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानाले त्यस्तो कुनै पनि छलफल नभएको बताएका छन् ।

शनिबार साँझ बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । त्यसका लागि पाल्पाको क्षेत्र नम्बर १ का हालका सांसद दलबहादुर रानालाई राजीनामा गर्न लगाई त्यहाँबाट उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउने तयारी भएको कुरा सार्वजनिक भएसँगै सांसद रानाले भने त्यस्तो कुनै तयारी नरहेको र आफूलाई यसबारे कुनै जानकारी नरहेको बताएका छन् ।

सचिवालयको निर्णय सार्वजनिक हुने बित्तिकै शनिबार साँझ नै सांसद रानाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफ्नो निर्वाचन क्षेत्रबाट उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउने कुरा भ्रामक रहेको टिप्पणी गरेका थिए । यसले उपाध्यक्ष गौतमलाई सांसद हुँदै प्रधानमन्त्री बन्ने योजनामा धक्का लाग्ने आशंका बढेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।