Logo

प्रमुख समाचार

लकडाउन: पास भएका सवारी पनि अब समय तालिका अनुसार मात्रै चल्न पाउने



लकडाउनमा सवारी पास लिएर पनि सवारी साधन चलाउन अब तोकिएको समय तालिका अनुसार मात्रै चल्न पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबारदेखि सबै कार्यलय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्रै चलाउन पाइने भएको हो ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका सरकारले सञ्चालन अनुमति दिएका कार्यलय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्रै सञ्चालन गर्न मिल्ने जानकारी दिएको छ ।

एक तिहाइ कर्मचारी मात्र कार्यलयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले सरकारी कर्मचारीलाई कार्यलय प्रवेशका लागि बिहान ९ बजेदेखि साँढे १० बजेसम्म र बेलुका घर फर्किनका लागि ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको जानकारी ट्राफिक महाशाखाले जनाएको छ । त्यस्तै तरकारी र अन्य खाद्यवस्तु बोकेका सवारीसाधन बिहान १० बजे अगाडि मात्रै सञ्चालन गर्न पाइनेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका सवारी साधन बिहान ९ बजेदेखि साँढे दश बजेसम्म र घरफर्कनका लागि अपरान्ह साँढे ३ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यस्तै निर्माण सामाग्री बोकेका सवारीसाधन, मालवाहक ट्रक / ट्रीपरहरू बेलुका ८ बजेदेखि र बिहान ६ बजेसम्म उपत्यका छिर्न पाउने जनाइएको छ । पानी र औषधि बोकेका सवारी साधन भने २४ सै घण्टा सञ्चालन हुन पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १९:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।