सत्ताधारी दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतले एकतर्फीरुपमा नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको विषयलाई लिएर नेपालको उच्च राजनीतिक तहबाट वार्ता गर्न र नेपालको वैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने सरकारलाई आग्रह गरेका छन् ।
सोमबार एक प्रेस वक्तव्य जारी नेता नेपालले आवश्यक तथ्य– प्रमाणहरुसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपालले भनेका छन्,‘ हाम्रो पार्टीका यसअघि सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकबाट यससम्बन्धमा गरिएका निर्णयहरुलाई ध्यानमा राखेर दृढतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई अनुरोध गर्दै हाम्रो पार्टी आफ्नो मुलुकको सम्पूर्ण भू–भागसहित अधिकारहरु नक्सा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछु ।’

















प्रतिक्रिया