Logo

प्रमुख समाचार

नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे बस्ने



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ ।

पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी दिए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो ।

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिए । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।