Logo

प्रमुख समाचार

नेकपाको स्थायी कमिटी बैठक स्थगित



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

नेकपाका नेता भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यो बैठक स्थगित भएको सूचना नेताहरुलाई दिइएपनि अर्काे बैठकको मिति निश्चित गरिएको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।