Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रमबारे महत्वपूर्ण सुझाव दिँदै नेकपा सचिवालय बैठक सम्पन्न



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको हो । राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सुझाव लिनका लागि  सचिवालय बैठक डाकेका थिए ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सरकारलाई नीतिक तथा कार्यक्रमबारे महत्वपूर्ण सुझाव दिएको नेता श्रेष्ठले बताए ।

सरकारका नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे संसदमा प्रस्तुत हुँदैछ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।