सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । सोमबार अपरान्ह बस्ने १२:३० बजेका लागि तय भएको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।
प्रवक्ता श्रेष्ठले ट्विट मार्फत भनेका छन् हाम्रो पार्टी नेकपाको आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२:३० बजे बालुवाटारमा बस्ने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पूनर्गठन लगायतका चारवटा एजेन्डा माथि छलफल गरेको थियो ।




















प्रतिक्रिया