प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेहीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम पट्यारलाग्दो र नेपाली जनताको लागि कुनै आशा र भरोसा गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।
अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा सांसद रसाइलीले कोरोना महामारीको बेला सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमले जनतालाई कुनै उत्साह गर्नुपर्ने खालको नभएको उल्लेख गर्दै सरकारको अहिलेको व्यबहारले कुनै पनि नागरिकले सरकारको महसुस गर्न नसकेको उनको भनाइ छ ।
देश संघीयताको कार्यान्वयनमा रहेको बेला ‘निर्वाचन क्षेत्र विकास कोष’ को औचित्य अब नरहेको टिप्पणी गर्दै अहिलेको व्यवस्था ‘बिहारी लोकतन्त्र’ को फोटोकपी भएको उल्लेख गर्दै आफ्ना कार्यकर्ता पोस्नको लागि राज्यकोषको दुरुपयोग भएको उनको ठहर छ । देशमा तीन तहका सरकारले काम गरीरहेको बेला निर्वाचन क्षेत्र विकास कोषमा अल्झिन नहुने उनको भनाइ छ ।
नेपालका हरेक नागरिक देखि सबै राजनैतिक शक्तिसँग कांग्रेसको घाँटी जोडिएको दाबी गर्दै सांसद रसाइलीले सबै मिलेर राष्ट्रियताको लडाइ लड्नुपर्ने देशको एक इन्च भू-भाग पनि तलमाथि हुन नदिने उनको प्रतिबद्धता छ ।
देशमा भ्रष्टाचार बढेको उल्लेख गर्दै सांसद अपहरण गर्ने देखि भ्रष्टाचारको आरोप लागेका सांसद समेत कोट लगाएर संसद बैठकमा गएको कुराले लज्जित बनाएको उनको भनाइ छ ।
हेर्नुहोस भिडियो:



















प्रतिक्रिया