Logo

राजनीति

भारतीय दूतावासका कर्मचारी शर्मालाई तत्काल देश निकाला गर्न नेकपा युवा नेता थापाको माग



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका नेता मंगल थापाले छिमेकी देश भारतले गरेको सिमा अतिक्रम विरुद्ध आन्दोलन गरिरहेका स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपाल लगायतका अभियान्ताहरूलाई धम्की दिने नेपालस्थित भारतीय दूतावासका कर्मचारी महेश शर्मालाई तत्काल देश निकाला गर्न सरकारसँग माग गरेका छन् ।

‘राष्ट्रियताको लडाइ लडिरहेका अभियान्ताहरूलाई गैरकुटनैतिक व्यवहार गरि नेपाली नागरिकको व्यक्तिगत विवरण संकलन गर्ने भारतीय दूतावासका कर्मचारीहरूलाई उचित कार्वाहीका साथै राष्ट्रियताको अभियानमा दख्खल दिने गरि धम्किपूर्ण फोन गर्ने महेश शर्मालाई तुरुन्त देश निकाला गर्नुपर्छ ।’ उनले भने ।

कुनै पनि देशमा रहेका दूतावासले आफू रहेको देशका नागरिकको वैयक्तिक विवरण संकलन गर्न नमिल्ने तथा राष्ट्रियताको लडाइ लडिरहेका अभियान्ताहरूको पारिवारिक र वैयक्तिक विवरण लिएर त्यसैको आधारमा धम्क्याउने दूतावासका कर्मचारी शर्मालाई देश निकाला गर्नुपर्ने युवा नेता थापाको माग छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।