Logo

राजनीति

चेलीहरु सुरक्षीत रुपमा हिँडडुल गर्ने वातावरण बनाउन कांग्रेसको माग



काठमाडौं । नेपाली काँग्रेसले आज काठमाडौंको एभ्रेष्ट होटल नजिक नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । बैतडीकी १७ बर्षिया किशोरी भागीरथी भट्टको बलात्कार गर्ने र हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले धर्ना कार्यक्रम राखेको हो ।

नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले कसैछी, छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताए । उनले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अनुसंधान गरी कारबाही नगरिएकोमा दुःख लागेको भन्दै भागीरथीको बलात्कार र हत्या गर्ने अपराधी पनि कानूनी कठघरामा बस्नबाट नउम्कुन धन्ने आफूहरुको भावना रहेको बताए ।

सयौंको संख्यामा उपस्थित रहेका नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुले भागीरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिँसा बन्द गर, शान्ती सुरक्षा कायम गर जस्त प्ले कार्ड र ब्यानरहरु बोकेर बाटो छेउमा बसेका थिए । सभापति आचार्यले बलात्कार र हत्याजस्त जघन्य अपराध गर्ने जोकुकै भएपनि कडा कारबाही गर्नुपर्ने माग आफूहरुको भएको भन्दै चेलीहरु सुरक्षीत रुपमा डरत्रासबिहीन ढंगले हिँडडुल गर्ने वातावरण सरकारले बनाउन नसकेकोमा चिन्ता ब्यक्त गरे ।

सहभागीहरुले बलात्कारजस्तो जघन्य अपराध दिनानुदिन बढ्दै गएकोले राज्यले रोकथामका लागि बिशेष योजना बनाउनुपर्ने बिचार व्यक्त गरेका थिए । बिभिन्न मिडियासंग बोल्दै प्रदर्शनमा सहभागीहरुले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोस पोखेका थिए ।

उनीहरुले निर्मलाका बलात्कारी र हत्यारा उम्किएकोजस्तै गरी भागीरथीका हत्यारा पनि उम्कनसक्ने हुँदा तीन करोड नेपाली जनताले नै सरकारलाई अनुसंधान गरी दोषीलाई कडा कारबाही गर्न दबाब दिनुपर्ने बताएका थिए । 

प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार  ६ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।