प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव नरोकेको स्पष्ट पार्दै संविधान संशोधनको विरोध गर्नेलाई नकाव खोलेर मैदानमा आउन चुनौती दिएका छन् ।
अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा नेता थापाले कांग्रेस, नेकपा वा मधेसवादी जुनसुकै दल पनि संविधान संशोधनको विरोधमा नभएको जिकिर गर्दै यदि कुनै पार्टीमा त्यस्ता व्यक्ति भए नकाव फुकालेर अगाडि आउन समेत चुनौती दिए ।
‘मेरो बिचारमा कुन विषय वा प्रसंगका आधारमा किन्तु परन्तु गर्नुपर्ने छ भने त्यो नेपाली पनि हैन नेपाली नभएको व्यक्ति कुनै म राजनैतिक पार्टीको नेता/कार्यकर्ता हुँ भन्नुले के अर्थ राख्छ ?’ नेता थापाको भनाइ छ ।
संविधान संशोधनको बिषयलाई लिएर लामो समयदेखि जनता समाजवादी पार्टीले संविधान संशोधनको माग लामो समयदेखि राखिरहको समयमा प्याकेजमै संविधान संशोधनको चाहना राख्नु कुनै अस्वभाविक कदम नभएको उनको बुझाई छ । सरकार अगाडि सारेको संविधान संशोधनको विपक्षमा मतदान गर्छु भनेर जनता समाजवादी पार्टीका कुनै नेताले यस्तो बोलेको आफूले नसुनेको भन्दै नेता थापाले मधेसवादी दलले पनि संविधान संशोधनको पक्षमै मतदान गर्ने विश्वास व्यक्त गरे ।
रुकुम पश्चिम हत्याप्रकरणको निन्दा गर्दै नेता थापाले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कार्वाही गर्न माग गर्दै हाम्रो सामाजिक चरीत्र बदल्नुपर्नेमा जोड दिए । फौजदारी प्रकृतिको अपराधमा अपराधीलाई कानुनी कार्वाही गर्नुपर्ने र राजनैतिक रूपमा समेत यसमा प्रर्याप्त छलफल आवश्यक रहेको समेत उल्लेख गरे ।
सरकारले ल्याएको निति तथा कार्यक्रम र बजेटको आलोचना गर्दै नेता थापाले अहिले काम चलाउ बजेट ल्याउनुपर्नेमा सामन्य अवस्थाको जस्तो पुरक बजेट अहिले आवश्यक नरहेको टिप्पणी गर्दै अहिलेका विज्ञ भनिएका अर्थमन्त्री सबै आफैंले जान्ने भ्रममा रहँदा अन्य बिचार सुन्न नचाहने हुँदा नेपाली जनताले राहतको महशुस गर्न नसकेको उनको टिप्पणी छ ।
हेर्नुहोस भिडियो:




















प्रतिक्रिया