Logo

राजनीति

कांग्रेस नेतृ संग्रौलाले मागिन गृहमन्त्रीको राजीनामा



कांग्रेस नेतृ डा. डिला संग्रौलाले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याएसम्म संघर्ष थप चर्काउने चेतावनी दिएकी छन् । उनले आमनागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई कडा कारवाहीका लागि निर्देशन दिन प्रधानमन्त्रीसंग माग गरेकी छन् ।

नेपाल प्रेस युनियनले कैलालीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले समयमै दोषी पत्ता लगाउन नसक्ने हो भने नैतिकता आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन । ‘देशमा राजनैतिक संकट गहिरिदै जाँदा समाजमा बलात्कार पश्चात हत्याका घटनाक्रम बढदै जानुले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको छ । घटना भएको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकार प्रति गम्भीर प्रश्न उब्जिएको छ ।

’उनको प्रश्न छ- ‘निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आजसम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? उनले प्रदेश सरकारसंग उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा तदारुकता देखाउन अपिल गरेकी छन् । 

माघ २१ गते वैतडी जिल्लाको दोगडा केदार गाउंपालिका चडेपानीकी १२ कक्षा पढ्ने १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पश्चात हत्या भएको थियो ।  १० दिन वित्दा पनि दोषी पक्राउ पर्न सकेको छैन् । दोषी पत्ता नलागेसम्म उनको शव नउठाउने अडानमा परिवार छ ।

149634582_2293432350800333_2678768640988011661_n.jpg

fffff.JPG

प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार  १ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।