Logo

राजनीति

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए



 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको छ ।

ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेशले  बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डको युद्धको बेलाको अभिव्यक्तिलाई प्रयोग गर्दा आफैँ पछारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पटक–पटक उहाँले क–कसको ढाडमा टेक्नुभो, क–कसको टाउकोमा हिर्काउनुभो, त्यो इतिहासका कुरा भए । तर पार्टी एकतापछि उहाँ माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो, आज सडकमा पछारिनु भएको छ ।’

स्थायी समिति सदस्य पोखरेलले दाहाल–नेपाल जनतासँग डराएर निर्वाचनबाट भागेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा पार्टीले उच्च जनमत ल्याएर पार्टीलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । साथै उहाँले बुटवलमा उर्लेको जनसागरले पार्टीको जनमतलाई स्पस्ट पारेको बताउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।