Logo

राजनीति

लाल गद्दार प्रचण्ड सडकमा तमासा नदेखाऊ : लेखराज



नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्।

पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए।

उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हावी भएको भन्दै प्रचण्डको आन्दोलनविरूद्ध उभिने समय आएको बताए।

उनले पार्टी जोगाउनका लागि केपी ओलीलाई साथ दिएको भन्दै ओलीमा प्रचण्ड प्रवृत्ति देखिए ओलीको साथ छाड्ने बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।