Logo

अन्तर्वार्ता

एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने परिपाटी अन्त्य हुनुपर्छ : सांसद चौधरी (भिडियो सहित)



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकि सांसद लक्ष्मी चौधरीले एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने परिपाटी अन्त्य हुनुपर्ने बताएकी छिन् ।

अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा सांसद चौधरीले संसदको राज्य व्यवस्था परामर्श समितिको सदस्य समेत रहेकि सांसद चौधरीले अंगीकृत नागरिक दिने सम्बन्धमा एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिनु गलत भएको’ आफूले पटकपटक ध्यानाकर्षण गराएको स्मरण गरिन् । विवाह गरेको कम्तीमा १५ वर्ष पछि मात्रै अंगीकृत नागरिक दिनुपर्ने उनको भनाइ छ ।

नेपालको सार्वभौम संसदमा राष्ट्रभाषा नेपाली वा आफ्नो मातृभाषा बोल्नुपर्नेमा सांसदहरूले हिन्दी भाषा बोलेको देख्दा आफ्नो चित्त दुख्ने गरेको समेत टिप्पणी गरिन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी भारतमा जन्म भएकै कारणले भारतसँग बढी झुकेको भन्दै सांसद गिरीलाई नेपाली नागरिक भन्दा पनि भारतीय चेली मात्रै रहेको उनको भनाइ छ ।

मधेसवादी दलले लगातार अधिकार पाएनौं भनेर संविधान संशोधनको कुरा उठाएपनि के-के अधिकार नपाएको हो त्यो प्रष्ट हुन नसकेको भन्दै मधेसले नपाएको अधिकार बुँदागत रूपमा स्पष्टसँग राख्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार, प्रादेशिक सरकार अरु ठाउँ जस्तै समान रहेको उल्लेख गर्दै सांसद चौधरीले अहिले बजेट अधिवेशनको समयमा बजेट कम गयो वा योजना कम परेकोमा चित्तदुखाई हो भने त्यसमा छलफल गर्नुपर्ने उल्लेख गरिन् ।

भारतको हेपाहा शैलीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको दाबी गर्दै सांसद चौधरीले भारतमा काम गर्न गएका नेपालीलाई नेपाल पठाएर कोरोना संक्रमण बढेको र अहिले कोरोना नियन्त्रणमा जटिलता आएको बताउँदै भारतमा रहेका नेपालीले दु:ख पाएको तर नेपालमा रहेका भारतीयले भने त्यस्तो दु:ख नपाएको बताइन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार ०९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।