सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार अपरान्ह बोलाइएको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा हुने सचिवालय बैठकमा पछिल्लो समय सत्तारूढ नेकपामा निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल हुने जनाइएको छ ।
एमसीसी बारे पार्टीको निर्णय स्वीकार गर्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट जसरी पनि पारित हुने बताएका छन् । तर, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भिम रावल सम्मीलित कार्यदलले एमसीसीका केही बुँदाहरूको संशोधन बिना पारित गर्न नहुने सुझाव दिएको छ ।
















प्रतिक्रिया