राष्ट्र र राष्ट्रियतामा खरो आवाज उठाउँदै सामाजिक अभियान्ता सिर्जना वाग्लेले सार्वभौम संसदमा हिन्दी भाषाको प्रयोग गर्ने तथा लिम्पियाधुरा नेपालको नरहेको अभिव्यक्ति दिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई जुत्ताको माला लगाएर कालोमोसो दलेर शहर घुमाउने विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।
अनलाइनपाना टिभीमा संवादको क्रममा अभियान्ता वाग्लेले ‘अंगिकृत नागरिकताधारी भारतीय चेलीले नेपालको संसदमा हिन्दी बोलेर नेपाल र नेपालीको अपमान गरेकी छिन् ।’ उनले भनिन् ।
सांसद गिरीले भारतको पक्ष लिनु स्वभाविक भएको तर्क गर्दै उनलाई निर्वाचित गर्ने नागरिक र सांसद बनाउने नेताहरूको अदुरदर्शिताको परिणाम भएको टिप्पणी गरिन ।
३ करोड नेपालीले सांसद गिरीलाई देश निकाला गर्न माग गरेको दाबी गर्दै अभियान्ता वाग्लेले दुखिरहेको नेपालीको मुटुमा नुनचुक छरेको दाबी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको होइन भन्ने अभिव्यक्तिले उनी नेपालप्रति भन्दा भारतप्रति बफादार भएको भन्दै सांसद गिरीलाई सांसद पदबाट बर्खास्त गरेर देश निकाला गर्न समेत माग गरिन ।
मधेसवादी दलले वास्तविक मधेसीको लागि नलडेको दाबी गर्दै वास्तविक मधेसीलाई मधेसका नागरिकनै विभेदमा परेको उनको भनाइ छ । देशमा यदि कानुनी राज छ भने संविधान विरुद्धका गतिविधि गर्ने सांसदलाई जनताले तिरेको करबाट तलबभत्ता खुवाउन नसक्ने समेत टिप्पणी गरिन ।
हेर्नुहोस् भिडियो:



















प्रतिक्रिया