सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्ष बिचको छलफलले उक्त समझदारी भएको हो । तर, सचिवालय बैठक बारे अहिलेसम्म औपचारिक जानकारी भने गराइएको छैन् ।
अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न भन्दै बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री ओलीले स्थगित गरिदिएका थिए । एमसीसीमा अब थप छलफल आवश्यक नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
तर, अब एमसीसी पास गर्न प्रधानमन्त्री ओलीले जोडबल नगर्ने र पार्टीको निर्णय नै आफूले पालना गर्ने भनेपछि आइतबार हुने सचिवालय बैठकले एमसीसीको बारेमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । सचिवालयका बहुमत सदस्य एमसीसीको विपक्षमा रहेको बताइन्छ ।
एमसीसी फेल गर्दा देशको बारेमा जाने अन्तराष्ट्रिय सन्देश र आउने परिणामको जिम्मेवारी लिन प्रधानमन्त्री ओलीले एमसीसी विरोधीहरुलाई चेतावनी नै दिएको बताइन्छ ।
















प्रतिक्रिया