Logo

प्रमुख समाचार

‘भारतीयले नेपाली सुरक्षाकर्मीको हतियार खोस्न थाले, सीमामा सेना खटाउनुपर्छ’



सांसद रामकुमारी चौधरीले नेपाल–भारत सीमामा नेपाली सेना खटाउन माग गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले सीमामा नेपालीले दुःख पाएकाले सेना परिचालन गर्नुपर्ने माग गरेकी हुन् ।

उनले केहीदिनदेखि नेपाली सुरक्षाकर्मीको हतियार खास्ने काम भारतीयले गरेको भन्दै त्यसको रक्षाका लागि सेना नै जानुपर्ने बताएकी हुन् ।

सांसद चौधरीले भनिन्, ‘नेपाली सेनालाई भात खुवाएर राख्ने होइन, व्यापार गराउने होइन । सशस्त्र प्रहरीलाई सपोर्ट गर्न सीमा क्षेत्रमा जानुपर्यो ।’

सांसद चौधरीले सीमा क्षेत्रमा जनतालाई एसएसबीले दुःख दिने काम गर्ने, पिलर सार्ने काम गर्ने गरेको बताइन् । अन्य सांसदहरुले सीमामा नेपाली सेना परिचालन गर्नुपर्ने आवाज उठाउँदै आइरहेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।