Logo

प्रमुख समाचार

काठमाडौ उपत्यका बाहिरिने र भित्रीन मिल्ने, नयाँ पास बन्द गरिने



जिल्ला प्रशासन कार्यलय काठमाडौले काठमाडौमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन मिल्ने व्यवस्था रहेको जनाएको छ ।

त्यसको लागि काठमाडौको कुन नगरपालिका बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमतिका लागि निवेदन दिनुपर्ने छ ।

त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको जानकारी दिएको छ । त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ । काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

 

नयाँ पास बन्द : 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास बन्द गरेको छ । आइतबार जिप्रकाले सूचना जारी गर्दै काठमाडौं जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।

जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।