Logo

प्रमुख समाचार

सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी



समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी गरेको छ । पार्टी नितिविपरित नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको हो ।

समाजवादी पार्टीले पार्टी निर्णय विपरीत संसदमा विद्येयक प्रस्तुत गरेकाल र ह्वीप समेत नमानेको आरोपमा कार्वाही गर्ने तयारी भएको एक नेताले बताए । उनलाई पार्टीको साधारण सदस्यवाट समेत हटाउने तयारी छ । नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादीका नेताहरु डा. बावुराम भट्टराई र उपेन्द्र यादवले उनलाई कार्वाही गर्ने निर्णय गसिकेको स्रोतको दावी छ । दुवै जना अहिले राजधानी बाहिर रहेका छन् । उनिहरु काठमाडौं फर्केसंगै गिरीलाई पार्टी सदस्यवाट हटाउने तयारी छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।